Logo
Logo

रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको उद्धार


882
Shares

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूको नेपाली सेनाले उद्धार गरेको छ ।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य नेपाल प्रहरी र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

त्यस्तै, सेनाको धादिङ्ग स्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशी ईलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि थप फौज खटिएको पनि सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्