Logo
Logo

राजनीतिको संस्थापन पक्ष माओवादी, कांग्रेस र एमाले प्रतिपक्ष : प्रचण्ड


315
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेस संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष नभएको दाबी गरेका छन् ।

माओवादी कानुनी र सांसद् संख्याको हिसाबले सदनमा तेस्रो स्थानमा रहेपनि वर्तमान राजनीतिक परिवर्तनको मुख्य शक्ति आफ्नो दल भएको भन्दै प्रचण्डले सामाजिक सञ्जालमार्फत एमाले र कांग्रेस प्रतिपक्ष भएको दाबी गरेका हुन् ।

उनले वर्तमान राजनीतिको संस्थापन पक्ष आफ्नै दल माओवादी भएको बताएका छन् । यद्यपी उनले के सन्दर्भमा यसो भनेका हुन् त्यो भने खुलाएका छैनन् ।

उनले भनेका छन्, ‘हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ। तर, हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।’

प्रतिक्रिया दिनुहोस्