Logo
Logo

बाढीले पावर हाउस बगायो, पैयुथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द


693
Shares

बागलुङ । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावर हाउस बाढीले बगाएको छ ।

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावर हाउस बगाएको स्थानीय गङ्गा आचार्यले जानकारी दिए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताए ।

बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैयुथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए । बाढीबाट खोला किनारमा लगाइएको धानबालीमा पनि क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्