Logo
Logo

सोबितालाई सुनिताको कटाक्ष : भाषा र परिभाषा सिकाउन तयार छौं


1.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेको बताएकी छिन् ।

The current image has no alternative text. The file name is: sunita-sobita.jpg

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको बताएकी थिइन् । 

उनी बोलेपछि सांसद बरालले भनिन्, ‘पटकपटक टिप्पणी गरिएका माननीयलाई म प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईंलाई सिकाउन हामी तयार छौँ । तर, बोल्दा हेक्का राखेर बोल्न म चुनौती पनि दिन चाहन्छु ।’

साथै, उनले संसद् अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने थलो नभएको पनि बताइन् । ‘यो संसद् अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने, कुनै कुराको धैर्यता पूर्वक सुन्न पनि नसक्ने ठाउँ होइन,’ सांसद बरालले भनिन्, ‘फेरि पनि म दोहोर्‍याएर भन्न चाहन्छु, तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषमात्रै होइन राष्ट्रको एउटा कार्यकारी प्रमुखको हिसाबले गएको हुन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका टोलीको प्रमाण चाहिएको हो भने पुन : फेहरिस्त प्रस्तुत गर्न सक्ने चुनौती पनि पेस गरिन् ।

प्रतिक्रिया दिनुहोस्