Logo
Logo

कांग्रेसको विरोधपछि भूमि विधेयक पारित गर्नबाट पछि हट्यो सरकार 


819
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट भूमिसम्बन्धी विधेयक हटाइएको छ । संसद् सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उक्त विधेयकमाथि दफावार छलफलका लागि पेस गर्ने उल्लेख थियो । तर, सत्तारूढ दल नेपाली कांग्रेसको विरोधपछि सरकारले विधेयक पारित गर्ने प्रस्तावबाट पछि हटेको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधवार बिहानै सामाजिक सञ्जालमार्फत भूमिसम्बन्धी (केही नेपाल ऐन संशोधन) विधेयक कार्यसूचीबाट हटाउन माग गरेका थिए । उनले विधेयकमा थप संशोधन आवश्यक रहेको र सबै दलको सहमतिमा मात्र अघि बढाउनुपर्ने बताएका थिए ।

शर्माले विधेयकलाई समितिमा छलफलका लागि पठाउन समेत सुझाएका छन् । यस्तै, नेकपा (माओवादी केन्द्र) ले पनि विधेयकलाई समितिमा व्यापक छलफल गरेर मात्र सदनमा पेस गर्नुपर्ने अडान लिएको छ । यसअघि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो, तर जनता समाजवादी पार्टीको असन्तुष्टिका कारण उक्त अध्यादेश फिर्ता लिइएको थियो । 

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले हदबन्दीभन्दा बढी जग्गा भएका उद्योग, कृषि फार्म, चिया उद्योग, शिक्षण संस्था, स्वास्थ्य संस्था आदिका लागि छुट लिएको जग्गालाई घरजग्गा व्यवसायमा प्रयोग गर्न नपाउने गरी संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

उनीहरूको संशोधनमा भनिएको छ, ‘प्रचलित कानुनअनुसार हदबन्दीको छुट लिएको जग्गा तोकिएको सर्तअनुसार उपयोग नगरी बाँझो राखिएको, फरक प्रयोजनमा प्रयोग गरिएको वा घरजग्गा व्यवसायका लागि कम्पनी खडा गरी घडेरी वा आवासीय इकाइ ९एपार्टमेन्ट० बनाएर बेचबिखन गर्न नपाइने व्यवस्था गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्