Logo
Logo

सोविता गौतमलाई गृहमन्त्रीको आग्रह : स्पेनबाट नफर्किएकाहरूको विवरण दिनुस्


1.1k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागी भएकामध्ये को-को फर्किएका छैनन् भन्ने जानकारी सरकारलाई उपलब्ध गराउन सांसदहरूलाई आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: ramesh-lekha.gif

बुधवार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूबारे मन्त्रिपरिषद्को निर्णय हुने स्पष्ट पारे।

 ‘प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागी भएकामध्ये केही व्यक्ति उतै रहेको भन्ने कुरा उठेको छ,’ लेखकले भने, ‘हामीले यस्ता विषयमा न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा जिम्मेवार र मर्यादित ढङ्गले कुरा राख्दा उपयुक्त हुन्छ।’

उनले भने , ‘प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणमा सहभागी हुने टोलीको मन्त्रिपरिषद्ले निर्णय गर्छ। म माननीय सांसदहरूलाई आग्रह गर्छु, भ्रमणमा गएका र फर्किन नसकेका व्यक्तिहरूको विवरण उपलब्ध गराइदिनुभयो भने सरकारलाई सहज हुन्छ।’

प्रतिक्रिया दिनुहोस्