Logo
Logo

मधेस प्रदेशको बजेट त्रुटिबारे छानबिन गर्न कार्यदल गठन


378
Shares

काठमाडौं । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको विषयमा छानबिन गर्न सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ ।

The current image has no alternative text. The file name is: madesh_pradesh.jpg

कार्यदलमा सत्तापक्ष, प्रतिपक्ष र सरकारका मन्त्रीहरूको सहभागिता रहेको छ । समितिमा जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र नेकपा (एमाले) संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव रहेका छन् । 

प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग राख्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्