
काठमाडौं । भारतमा टेनिस खेलाडी राधिका यादवको गोली हानी हत्या भएको छ । बिहीबार गुरुग्राम राज्यको सेक्टर ५६ प्रहरी चौकी क्षेत्रमा गोली हानेर टेनिस खेलाडी २५ वर्षीया यादवको हत्या गरिएको हो ।
राधिकाको हत्या आरोपमा प्रहरीले उनकै बुवालाई पक्राउ गरेको छ । गुरुग्राम प्रहरी प्रवक्ता सन्दीप सिंहले पक्राउ परेका राधिकाका बुवाले आफुले छोरीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको जानकारी दिए ।
प्रहरीले भनेको छ, ‘राधिका टेनिस एकेडेमी चलाउँथिन्, जसका कारण उनका बुबा रिसाएका थिए । त्यसपछि गोली हानेर हतया गरेको उनले स्वीकार गरेका छन् ।’










