Logo
Logo

आइन्दा ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा छुटे फणिराज पाठक


1.4k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन नगर्ने कागज गराएर प्रहरीले फणिराज पाठकलाई छाडेको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार, पाठकले कागज गरेपछि शुक्रवार साँझ उनलाई परिवारको जिम्मा लगाइयो ।

संविधानले नमान्य सम्बोधन प्रयोग गरी सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति जारी गरेको भन्दै प्रहरीले उनलाई सोधपुछका लागि बिहान बोलाएको थियो । दिनभरको सोधपुछपछि राति उनलाई रिहा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्