Logo
Logo

पत्रकार ‘बहिस्कार’को तरंग


- एमपी सुब्बा


  • एमपी सुब्बा

‘पत्रकार बहिस्कार’ रंगकर्ममा रमाउनेहरुमाझ यतिखेर यो ‘हेडलाइन’ चर्चामा छ र विवादित पनि । तर, ‘किन र केका लागि बहिस्कार ?’ भन्नेचाहिँ लाजमर्दो छ । विषय केलाउँदै जानेको भने उत्तिकै गम्भीर पनि । पञ्चायत तथा सक्रिय राजतन्त्रकालमा अवस्था हेरेर ‘निषेध’ गरिन्थ्यो । तर, त्यसलाई ‘पत्रकार बहिस्कार’ भनिँदैनथ्यो । तर, देशमा लोकतन्त्र स्थापना भएको डेढ दशक बितिसक्दा रंग क्षेत्रबाट ‘बहिस्कार’ शब्द बाहिरिएको छ । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ । यो नेपालको संविधानमै उल्लेख छ । तर, यस्तो अवस्थामा पनि एक कार्यक्रम प्रस्तोताको नाममा पत्रकार नै ‘बहिस्कार’ शब्द प्रयोग गरेर विज्ञप्ति सार्वजनिक गर्नु कति उचित होला ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले ‘लकडाउन’ जारी गरेपछि अन्य उद्योग, व्यवसायीजस्तै फिल्म क्षेत्र पनि ठप्प छ । फिल्म छायाँकन रोकिएको छ, सिनेमा हल बन्द छ । कलाकार फुर्सदिला मात्र होइन, बेरोजगार नै बनेका छन् । यस्तो संकटको अवस्थामा एकजुट हुनुपर्नेमा कलाकारहरु एक–अर्कालाई सिध्याउँने खेलदेखि पत्रकार ‘बहिस्कार’सम्म पुगे । के फुर्सदमा हत्कण्डाबाहेक सकरात्मक कार्य वा बहस गर्न सकिँदैन र ?

‘बहिस्कार’ के हो ? जसले समाजमा आपत्तिजनक व्यवहार, आर्थिक नोकसान गर्छ वा नैतिक आक्रोशमा समाज भड्काउन कोशिस गर्ने किसिमका व्यवहार गर्छ, उसलाई सरकारले कानुनी प्रक्रियामा ‘बहिस्कार’ गर्छ । जसलाई जनताले ‘प्रतिबन्ध’का बुझ्छन् । बहिस्कार एक किसिमको ‘प्रतिबन्ध’ हो । तर, जसले गल्ती स्वीकार गर्दै माफी माग्छ भने स्वीकार्ने कि नस्वीकार्ने ?

यहाँ एक अभिनेत्रीमाथि ‘शाब्दिक दुव्र्यवहार’ गरिएको भन्दै आधा दर्जनभन्दा बढी फिल्मसम्बन्धीत संघसंसस्थाले एकजना पत्रकारविरुद्ध ‘बहिस्कार’ गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै एक टेलिभजन कार्यक्रमका प्रस्तोतामाथि आक्रोश पोख्दै ‘पत्रकार बहिस्कार’ गर्ने निर्णय गरेका हुन् । जुन विषयले रंगकर्मसँग नै तरंगित बनाएको छ ।

प्रशंग एक अन्र्तवार्ताको हो । अभिनेत्री पुजा शर्माले आफ्नो कार्यक्रममा अन्र्तवार्ता दिन नमानेपछि प्रस्तोता प्रकाश सुबेदीले क्षणिक आक्रोश व्यक्त गरे । तर, त्यसको ज्वारभाट ‘बहिस्कार’सम्म पुग्ला भन्ने सायदै सोचेका थिए । तर, आज नेपाली फिल्मको सम्वद्र्धन, विकास तथा कलाकारको हकहितका लागि खोलिएका आधा संघसंस्थाहरु तिनै प्रस्तोतामाथि मात्र नभएर पत्रकार नै ‘बहिस्कार’ गर्नेसम्म पुगेका छन् ।

हुन त फिल्मी क्षेत्र ‘हत्कण्डा’ मच्चाउँनेहरुको अखडा नै हो । जहाँ, गर्न हुने÷नहुने जेपनि चल्छ भन्ने आरोप छ । यसैबेला फिल्म संघसंस्थाहरुले ‘पत्रकार बहिस्कार’ गरेर चरितार्थ गरेका छन् । र, एकजना पत्रकार ‘बहिस्कार’ गरेर ती फिल्म संघसंस्थाहरु अन्य पत्रकारबाट समेत आलोचित बनेका छन् । उनीहरुलाई निर्णय सच्याउनसमेत आग्रह गरिएको छ । तर, पाँच दिन बितिसक्दासम्म निर्णय सच्चाएका छैनन् । त्यसैले ‘बहिस्कार’ गर्नुमा केही नियत लुकेको छ भन्ने आशंका गर्न थालिएको छ ।

‘बहिस्कार’को मुल जड अभिनेत्री पुजा शर्मा हुन् । कोरोना संक्रमणका कारण देश ‘लकडाउन’मा थियो । त्यतिखेरै पुजाले एक अन्र्तवार्तामा ‘नेपालमा १४ जिल्ला र ७२ प्रदेश छन्’ भन्ने जवाफ दिएकी थिइन् । यो एउटा देशप्रति सामान्य प्रश्न थियो । तर, नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्रीले आफ्नो देशको भौगोलिक अवस्थाबारे ज्ञान नभएको देख्दा सञ्जालमा ‘ट्रोल’ बनिन् । र, कलाकारको बौद्धिकतामाथि प्रश्न समेत उठ््यो ।

शोसल मिडियामा ‘ट्रोल’ आइरहेकै बेला पुनः ती प्रस्तोता (प्रकाश सुबेदी)ले आफ्नो ‘रजतपट’ नामक फिल्मी कार्यक्रममा अन्र्तवार्ताका लागि बोलाए । तर, ‘ट्रोल’को शिकार भइसकेकी पुजाले अन्र्तवार्ता इन्कार गरिन् । त्यसपछि कार्यक्रम प्रस्तोता सुवेदीले कार्यक्रममै एक नायिकाप्रति इंगित गर्दै बोलका थिए, ‘अन्तर्वार्ता दिने पनि आफैँ, बोल्ने पनि आफैँ, नआउने पनि आफैँलाई अनि हामीलेचाहिँ लिएको अन्तर्वार्ता काटिदिनुपर्ने मिलाई–मिलाई । महानायिका बनाइदिनुपर्ने । त्यो पनि दारा निस्केको अनुहारलाई, कति हाँस्नु ।’

प्रस्तोताले नाम नलिएपनि त्यो अस्त्र आफूमाथि भएको थाहा पाएकी पुजाले ‘आफूविरुद्ध शारीरिक टिप्पणीसहित मानहानी गरेको भन्दै उजुरीसहित चलचित्र कलाकार संघको कार्यलय गुहार्न पुगेकी थिइन् । पूजाको प्रश्न थियो, ‘के एक पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?’ र, उनको गुनासो छ, ‘ट्रोलको शिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैँ कति मौन रहनुपर्ने ?’ आफूलाई ‘दारे अभिनेत्री’ भनेर सम्बोधन गरिएका पुजा आक्रोशित थिइन् ।

हो, अभिनेत्री पुजामाथि ‘बडी सेमिङ’ भएकै हो । शारीरिक हाउभाउसहित कसैप्रति टिप्पणी गरिनुलाई ‘बडी सेमिङ’ भनिन्छ । यो एक किसिमको दुव्र्यवहार नै हो । यसरी एकजना पत्रकारले कसैमाथि सार्वजनिक कार्यक्रममा दुव्र्यवहार गर्न पाइँदैन । पत्रकारिता एउटा पेसा हो । ऊ कुनै ग्रहबाट आएको प्राणी होइन । त्यसैले पुजाले भनेजस्तै ‘पत्रकार भएकै कारण कसैप्रति अशिष्ट, अभद्र र अमर्यादित हुन पाइँदैन ।’ तर, जसले जुन मञ्चमा उभिएर गल्ती गरेका थिए, त्यही मञ्चमा उभिएर क्षमा याचना गर्छ भने किन बहिस्कार गर्ने ? प्रश्न पनि यही हो ।

जब फिल्म क्षेत्रका सात वटा संस्थाले एकजना पत्रकारलाई बहिष्कार गर्ने भनेर विज्ञप्ती निकाले, त्यसपछि यो सवाल तरंगित भयो । एक जना अभिनेत्रीको उजुरीकै आधारमा फिल्मसम्बन्धी पूरै संघसंस्था एक हुन स्वभाविक हो । किनकि, ती संस्था कलाकारकै हकहितका लागि स्थापना भएका हुन् । तर, पत्रकार ‘बहिस्कार’ गर्ने भनेर होइन । त्यसमाथि पुजाकै उजुरीका आधारमा प्रस्तोतामाथि प्रेस काउन्सिलले समेत स्पष्टिकरण लिइसकेको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले ‘लकडाउन’ जारी गरेपछि अन्य उद्योग, व्यवसायीजस्तै फिल्म क्षेत्र पनि ठप्प छ । फिल्म छायाँकन रोकिएको छ, सिनेमा हल बन्द छ । कलाकार फुर्सदिला मात्र होइन, बेरोजगार नै बनेका छन् । यस्तो संकटको अवस्थामा एकजुट हुनुपर्नेमा कलाकारहरु एक–अर्कालाई सिध्याउँने खेलदेखि पत्रकार ‘बहिस्कार’सम्म पुगे । के फुर्सदमा हत्कण्डाबाहेक सकरात्मक कार्य वा बहस गर्न सकिँदैन र ?

‘लकडाउन’ले गर्दा फिल्मी क्षेत्र ठप्प हुँदा सयौँ प्राविधिक बेरोजगार भएका छन् । उनीहरु हातमुख जोर्न समेत धौंधौ अवस्थामा पुगेका छन् । यस्तो बेला फिल्मसम्बन्धी संघसंस्था तिनीहरुको लागि जुट्नुपर्ने बेला हो यो । तर, खै कहाँ जुटेका छन् ? कलाकारकै लागि जुटेको हो भन्ने हो भने ‘लकडाउन’ अवधिमा पुजा काण्डमा मात्रै भएन । यस्ता दर्जनौँ काण्डहरु चर्चामा आए । तर, ती काण्डहरु फुर्सदको ‘नौटंकी’ भन्दै उडाए । ‘लकडाउन’कै समयमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले सोसियल मिडियामा फिल्म ‘ड्रिम्स’मा अभिनय गर्दा भोगेका दुव्र्यवहारबारे खुलासा गर्न गरिन् । साम्राज्ञीको भनाइमा सत्यता थियो वा थिएन, तर, फिल्मका निर्देशक भुवन केसीले आफूमाथि गरेको दुव्र्यवहारको फेहरिस्त बाहिर ल्याउँदै साम्राज्ञीको बोलीमा ताल्चा लगाउन कलाकार संघमा उजुरी दिए । त्यतिले मात्र नपुगेपछि भुवन साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्तिको माग दाबीसहित अदालत पुगेका थिए । तर, ती मुद्दामा एक शब्द बोलेन ती संघसंस्थाहरु ।

यस्तै, लकडाउनकै अवधिमा हाँस्यअभिनेत्री अभिनेत्री दीपाश्री निरौला विवादामा आइन् र ‘ट्रोल’ बनिन् । एक अन्र्तवार्तामा दीपाले ‘अभिनेता राजेश हमाल महानायक हो र ?’ भन्ने आशयको अभिव्यक्ति दिएर विवादमा आएपछि माफी माग्न बाध्य भइन् । उनले माफी पनि पाइन् । तर, ती प्रस्तोताले बारम्बार हात जोडेर माफी माग्दासमेत समस्या हल गर्न छाडेर ‘बहिस्कार’को बाटो अपनाइएको छ । कुनैपनि समस्या समाधान वार्ताबाट गर्न सकिन्छ । वार्ताबाट समाधान हुने कुरालाई उचालेर मिडियाकर्मी र कार्यक्रम नै ‘बहिष्कार’ गरौँ भन्ने चलचित्र कलाकार संघलगायत नेपाल चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र निर्देशक समाज, चलचित्र प्राविधिक संघ, चलचित्र नृत्यकार संघ र चलचित्र द्वन्द्व समाजले आफ्नो निर्णय सच्चाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्