Logo
Logo

गजल ‘अलविदा राष्ट्रकवि माधवप्रसाद घिमिरे’


- लीलाबल्लभ नेपाल


– लीलाबल्लभ नेपाल

जुगौंजुग देशको माटो सजाएर गयौँ तिमी
नेपाली भई गर्व गर्ने बनाएर गयौँ तिमी ।

आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारि हराएर गयौँ तिमी ।

कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौँ तिमी ।

आज एक्लो भएको छु राष्ट्रकवि बिदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौँ तिमी ।

नेपालीको मनमन्दिरमा सधैँभरि बास गर्दै
शब्दमाला अर्बौँको लगाएर गयौँ तिमी ।

– विराटनगर

प्रतिक्रिया दिनुहोस्