Logo
Logo

एन आई सी एशिया बैंकद्वारा प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ।  कोभिड–१९ को महामारीले देशका अधिकांश भुभागमा असर गरिरहेको हुँदा स्थानीय प्रशासनहरूले महामारीको जोखिमलाई कम गर्न मुलुकका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको वर्तमान परिप्रेक्ष्यबाट ग्राहक महानुभावहरूमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ । यस असहज अवस्थाका बीच ग्राहक महानुभावहरूको सुविधाका लागि आइतवारदेखि बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंकिङ सेवा दिइनेछ र उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिकरुपमा यस बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm तथा सामाजिक सञ्जालमार्फत गराइने व्यहोरा जानकारी गराएको छ ।

महामारीको यस विषम परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ । ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, हेल्प टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले बैंकले केन्द्रीयको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ लाई सोच बदलेर प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारीसहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ । यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण बैंकले आफ्नो वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा अध्यावधिक गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ डिजिटल बैंकिङ्गलाई जोड दिइरहेको छ । यस बैंकको मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि गर्न सक्नुहुनेछ । साथै, घरमै बसी खाता खोल्ने, कर्जाको आवेदन दिने जस्ता सुविधा पनि बैंकले वेबसाइटमार्फत दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नगद कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंक प्रोत्साहन गर्दछ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि गर्न सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्