Logo
Logo

कोरियामा पुनः देखियो कोरोना, नियन्त्रणबाहिर जानसक्ने त्रास


- दृष्टि न्युज/संवाददाता


सउल, ४ भदौ । कोरियामा कोभिड–१९ को संक्रमण पछिल्लो समय पुनः देखापरेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् ।
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउललगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ । विशेष गरी सभा ¥यालि, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस संक्रमण फैलिएको हो ।
हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ । कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ७६१ पुगेको छ ।.
(रासस)

प्रतिक्रिया दिनुहोस्