Logo
Logo

महाकाली नदिको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार


378
Shares

काठमाडौं । दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बिचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले साउन १ गते सकुशल उद्धार गरेको छ ।

The current image has no alternative text. The file name is: uddar-1.gif

बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने  ३५ बर्षिय बिक्रम केसी नदिको बीच भागमा रहेको ढुङ्गामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो ।

केसीलाई सशस्त्र प्रहरी बल नेपाल नं, ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको   हो । उद्धार गरिएका उनको मानसिक सन्तुलन ठिक भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्