Logo
Logo

दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ भदौ । हातहतियारको ओसारपसार तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले बुधबार काजिकामनपा वडा नं. १६ माछापोखरीबाट जिल्ला नुवाकोट शिखरबेसी–६ बस्ने बर्ष २७ को बिकेश पण्डितलाई मेड इन युएसए लेखेको पेस्तोल दुई थान, म्यागजिन दुई थान सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्डसहित पक्राउ गरिएको छ ।

त्यसैगरी निजसँगको प्रारम्भिक सोधपुछको क्रममा उक्त हतियार ओसारपसार गराउन लगाउने व्यक्ति जिल्ला नुवाकोट लिपु गाउँपालिका–१ बस्ने बर्ष २८ का अमर तामाङलाई प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी निजलाई लिपु, नुवाकोट निजको घरबाट पक्राउ गरी यस महाशाखामा ल्याई थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाडाँै पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निज अमरसिंह तामाङ घले डाँका मुद्दामा ६ वर्ष दुई महिना कैद सजाय भुक्तान गरी मिति २०७६ फागुन १२ गते थुनामुक्त भएको र जेल बसाइको क्रममा उक्त हतियारको बारेमा जेलमा रहेको लागुऔषध मुद्दामा सजाय भोगिरहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाइछिपाइ राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसारपसार गर्ने कार्य गरेको बुझिएको छ । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्