Logo
Logo

भारत–पाकिस्तान द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको ट्रम्पको दाबी


2.6k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन् । शुक्रवार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले सो दाबी गर्दै ती कुन देशका लडाकु विमान हुन भन्ने खोलेनन् । 

The current image has no alternative text. The file name is: donal-trump.jpg

यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले त्यो दाबीलाई अस्वीकार गर्दै आएको छ । 

मे महिनामा भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्वको समयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए। अमेरिकाले यो वार्तालापलाई युद्धविरामको रूपमा प्रस्तुत गरेको थियो । ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गरेका थिए ।

ट्रम्पले अमेरिकाले धेरै युद्ध रोकेको र ती सबै गम्भीर युद्ध भएको बताए । उनले भने, ‘भारत र पाकिस्तानबीच पनि त्यस्तै भइरहेको थियो। त्यहाँ विमानहरू खसालिएका थिए। मलाई लाग्छ वास्तवमा पाँचवटा जेट खसालिएका थिए। दुवै आणविक हतियार सम्पन्न देश हुन् र एकअर्कामाथि आक्रमण गरिरहेका थिए ।’

उनले  भने, ‘यो युद्धको नयाँ तरिका जस्तो देखिन्छ। हामीले हालसालै इरानलाई के गर्‍यौँ भनेर तपाईंले देख्नुभयो। हामीले उनीहरूको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गर्‍यौँ ।’

प्रतिक्रिया दिनुहोस्