काठमाडौं । पाकिस्तानको रावलपिंडीमा बाढीको रिपोर्टिङ गर्ने क्रममा एक पत्रकार पानीको तेज बहावमा बगेको भिडियो भाइरल भएको छ । चाहान बाँध नजिकै प्रत्यक्ष प्रसारण गरिरहेका ती पत्रकार कम्मरसम्म पानीमा उभिएर समाचार प्रस्तुत गर्दागर्दै बाढीमा बगेका हुन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा यो भिडियो लाखौँले हेरेर पत्रकारको साहसको प्रशंसा गरेका छन् । भिडियोले पाकिस्तानमा बाढीको गम्भीर अवस्थालाई पनि उजागर गरेको छ । पञ्जाब प्रान्तमा जुलाईमा ८२ प्रतिशत बढी वर्षा भएको र ५४ जनाको मृत्यु भएको त्यहाँको मौसम विभागले जनाएको छ ।










