
काठमाडौं । पर्वतमा पहिरोले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए ।
खोजीका क्रममा बेपत्तामध्ये छविलालको शव भेटिएकोे जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।
घर पहिरोले भत्काएपछि बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान जोगाइन् । प्रहरीका अनुसार बेपत्ता विष्णुमतीको भने खोजी जारी छ ।














