
एजेन्सी । भियतनामको हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु भएको छ । शनिबार पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य थिए । उद्धार टोलीले ११ जनालाई जीवितै उद्धार गरेको छ भने अन्यको खोजी राखेको छ । यद्यपी उद्धारकर्मीहरूले भारी वर्षाका कारण अन्य बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको बताएका छन् ।
भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार दिउँसो पर्यटकहरु डुंगामा चढेर रमाइरहेका थिए । सोही क्रममा तीव्र हावा, भारी वर्षा र चट्याङसहितको आँधीबेरीले सो डुंगा पल्ट्याएको थियो ।










