Logo
Logo

जुरेमा पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध


693
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो र लेदोको कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो खस्दा अरनिको राजमार्ग अन्तर्गत जुरे खण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जुरे खण्डमा पहिरो खस्दा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको प‍ोल पनि ढलेको छ ।

प्रतिक्रिया दिनुहोस्