Logo
Logo

एमाले नेताहरूको दाबी- ओली र भण्डारी भेटले मतभेद अन्त्य भयो


2.1k
Shares

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच आइतबार भएको भेटवार्ताले ‘मतभेद’ अन्त्य भएको दाबी गरेका छन् ।

आइतबार च्यासलमा भएको ओली र भण्डारीबीचको भेटले दुई नेताबीच मतभेद छैन र जे हुन्छ, सहमतिमा हुन्छ भन्ने सन्देश दिएको नेता भट्टराईले सामाजिक सञ्जालमार्फत दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय पूर्वराष्ट्रपतिज्यूको आजको भेटघाटको निष्कर्ष ः ‘हाम्रा दुईका बीचमा मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, सहमतिमा हुन्छ, दरार पार्न खोजेर सम्भव छैन ।’

यस्तै एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको भेटलाई सकारात्मक मानेका छन् ।

उनीहरूको भेटवार्तापछि थापाले लेखेका छन्, ‘हामीले हिजो (शनिबार) पोलिटब्युरो बैठकमा अध्यक्ष कमरेडलाई अनुरोध गरेको यसरी नै छलफल र समझदारी निर्माणको निम्ति थियो।आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय–च्यासल, ललितपुरमा छलफल भयो। पार्टीभित्र दुईवटा धुरी बन्नुहुँदैन। उहाँहरूले आआफ्ना धुरी बन्न दिनुहुँदैन,पार्टी बनाउनुपर्छ। मिसन–२०८३र८४ का निम्ति सबल नेतृत्व, सुदृढ संगठन र एकताबद्ध पार्टी आजको आवश्यकता हो । वादेवादे जायते तत्वबोध !’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व लिने गरी राजनीतिमा फर्किएको घोषणा गरेयता पार्टीमा दुई धार देखिन थालेपछि अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालय (च्यासल) मै बोलाएर पहिलोपटक उनीसँग वार्ता गरेका थिए । उक्त भेटलाई लिएर पार्टीका नेताह रुले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्