
एजेन्सी । युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसले मस्कोका प्रमुख हवाई अड्डाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
बीबीसीका अनुसार हवाई अड्डाहरू बन्द हुँदा कम्तीमा १४० उडानहरू रद्द गरिएको छ ।
रूसी रक्षा मन्त्रालयले शनिबार बिहानदेखि रूसमाथि २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका र जसमध्ये २७ वटा राजधानी मस्कोमाथि खसालेको समाचारमा उल्लेख छ ।
मस्कोका चार प्रमुख हवाई अड्डाहरूको काम रोकिएको रूसको उड्डयन निगरानी एजेन्सीले बताएको छ । १३० भन्दा बढी उडानहरूलाई अन्य स्थानहरूमा डाइभर्ट गरिएको समाचारमा उल्लेख छ ।
रूसको टुर अपरेटर्स एसोसिएसनले आक्रमणका कारण मस्को हवाई अड्डा २४ घण्टामा १० पटक बन्द गरिएको जनाएको छ ।










