
काठमाडौं । नेकपा (एमाले)का पूर्वनेता भीम रावलले केपी ओलीको सत्ता मोहलाई व्यंग्य गर्दे कटाक्ष गरेका छन् ।
एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने जेलमा रहेको अवधि पनि घटाउनुपर्छ भन्ने एमाले अध्यक्ष ओलीको भनाइपति कटाक्ष गर्दै रावलले त्यसो भए बाल्यकाल र काम नगरी सुतेको समय समेत घटाउन सुझाव दिए ।
साथै रावलले सामाजिक सञ्जालमार्फत आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि भन्दै व्यांग्यात्मक प्रश्न समेत गरेका छन् ।
‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भए छ,’ उनले भनेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि ?














