Logo
Logo

एमालेले पत्रकारलाई सडकमै रोक्यो


1.1k
Shares

काठमाडौं । नेकपा एमालेले सञ्चारकर्मीलाई पार्टी केन्द्रीय कार्यालय प्रवेशमा रोक लगाएको छ ।

एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको केन्द्रीय कमिटी बैठकस्थलमा जान सञ्चारकर्मीहरुलाई रोक लगाएको हो । आजबाट सुरु भएको बैठकमा पार्टी विधान महााधिवेशनका विषयमा छलफल भइरहेको छ ।

फोटो पत्रकारलाई पनि हलबाहिरसमेत जान दिइएको छैन । सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्यबाहेक अरू सबैलाई गेटबाहिर सडकमै रोकिएको छ ।

यसअघि फोटो पत्रकार तथा अन्य सञ्चारकर्मीहरूलाई बैठक हलबाहिरसम्म जान दिने र तस्वीर खिच्न दिने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्