Logo
Logo

प्रेमी हत्याको आरोपमा प्रेमीका पक्राउ


3.6k
Shares

काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय विमलेश यादवको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विमलेशको हत्या आरोपमा प्रहरीले महोत्तरीको बलवाकी २१ वर्षीय जुली झालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । विमलेश र जुुलीबीच प्रेम सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीका अनुसार शनिबार राति जुलीले विमलेशलाई गेष्टहाउसमा छुरा प्रहार गरी एक तलामाथिबाट खसालेर हत्या गरेको आरोप छ । विमलेश खसेको केहि समयमै जुली त्यहाँबाट भागेको सिसिटिभी फुटेजमा देखिएको थियो ।

विमलेश र जुली होटेलभित्र गएको, विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई पक्राउ गरेर सार्वजकि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्