Logo
Logo

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ 


2.4k
Shares

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको हो । 

The current image has no alternative text. The file name is: dipendra-agrawal.gif

२२ करोड ठगी आरोपमाअग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ । अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका आरोप छ । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख विश्व अधिकारीले बताए । 

उनीमाथि आफूले सेयर खरिद गरिसकेपछि सामाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा अस्वासन दिने र सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने आफ्नो सेयर बिक्री गर्ने गरेको आरोप छ । 

उनले अन्य व्यक्तिका सेयर कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका आरोप छ । साथै, आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्