Logo
Logo

कांग्रेस आदर्श र सिद्धान्त बोकेको पार्टी हो : देउवा 


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अन्य प्रतिस्पर्धी पार्टीमध्ये आदर्श र सिद्धान्त बोकेको पार्टी भएको दाबी गरेका छन् । 

The current image has no alternative text. The file name is: deuwa-1.gif

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीको सिद्धान्त र आदर्श सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए । 

उनले भने, ‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्त्वपूर्ण कुरा छ । प्रतिस्पर्धी पार्टीहरूमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक छ ।’ 

कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउन सके बहुमत प्राप्त गर्ने पार्टीका रूपमा अघि बढाउन सकिने देउवाको भनाइ छ । 

‘सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरूलाई अझ व्यापक रूपमा बुझाउन सके नेपालमा नेपाली कांग्रेस एउटा ठूलो पार्टी त छँदै छ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ,’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्