Logo
Logo

उपनिर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपाले माग्यो दरखास्त


882
Shares

काठमाडौं । रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेदेखि अघि बढाउने भएको छ । रास्वपाले एक विज्ञप्ति जारी  गर्दै उम्मेदवार हुन इच्छुक व्यक्तिले पार्टीले तोकेको मापदण्ड र निर्वाचन आयोगको कानुनी योग्यता पूरा गरेका व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ। 

The current image has no alternative text. The file name is: rasapa-4.gif

साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त दिन सक्ने छन् । रास्वपाको एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिनेछ ।

रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ ।  

निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्