Logo
Logo

सरकारी गाडी प्रयोगमा कडाई, मापदण्ड विपरीत प्रयोग भएका गाडी फिर्ता ल्याउने निर्णय


2.9k
Shares

काठमाडौं । सरकारले सरकारी गाडी प्रयोगमा कडाई गर्ने भएको छ । सोमबार बसेको सचिवहरुको बैठकले पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु फिर्ता गराउने निर्णय गरेको हो ।

यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्न भनिएको छ । साथै सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरुलाई भनिएको छ ।

‘मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारी साधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने,’ बैठकको निर्णयमा भनिएको छ, ‘यदि कुनै पदाधिकारी÷कर्मचारीहरूले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने ।’

प्रतिक्रिया दिनुहोस्