Logo
Logo

रौतहटको गरुडामा कारबाट १३३ किलो गाँजा बरामद


504
Shares

काठमाडौं । रौतहटको गरुडामा निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।

गरुडा नगरपालिका–५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरीले १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो ।

गरुडाका डिएसपी राजन कार्कीका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई चेकजाँच गर्न खोज्दा नरोकेर फरार भएको थियो ।

प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाँझ खोला नजिक रहेको सडकभन्दा तल झण्डै २० फिट गहिरो खरको घारीमा छोडेर चालक फरार भएको डिएसपी कार्कीले जानकारी दिए ।

प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएकोे छ । फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्