Logo
Logo

कुलिङ पिरियडमा एमालेको संशोधन प्रस्तावले सरकारमा दरार ल्याउन सक्छ : विश्वप्रकाश शर्मा


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले)ले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेमा कांग्रेस र एमालेबीचको समझदारीमा दरार आउने चेतावनी दिएका छन् ।

The current image has no alternative text. The file name is: bishwoparkesh.gif

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीको अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक र कूटनीतिक नियुक्तिमा रोक लगाउने कुलिङ पिरियडको सहमति भएको थियो । तर, प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा यो व्यवस्था हेरफेर भएको विषय बाहिरिएपछि छानबिन समिति गठन गरिएको छ । समितिले राष्ट्रिय सभालाई पूर्वसहमतिअनुसार कुलिङ पिरियड दुई वर्ष कायम राख्न आग्रह गरेको छ ।

यद्यपि, राष्ट्रिय सभामा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि नेपाली कांग्रेसमा तरंग उत्पन्न भएको छ । मंगलबार बसुन्धारामा आयोजित ४३औँ विपी स्मृति गोष्ठीमा बोल्दै शर्माले भने, ‘राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित कुलिङ पिरियडको व्यवस्थालाई राष्ट्रिय सभामा संशोधन प्रस्तावमार्फत परिवर्तन गरेर दुर्घटनातर्फ लगियो भने कांग्रेस र एमालेबीचको समझदारीमा दरार आउनेछ। दोषीमाथि कारबाही हुनुपर्छ र राष्ट्रिय सभाले यो विषयलाई सच्याउनुपर्छ ।’

उनले सरकारको सफलता फरक मतहरूबीच साझा सहमति खोजेर मात्र सम्भव हुने बताए । ‘कांग्रेस र एमालेका बीचमा प्रतिस्पर्धा, सहकार्य र फरक मत छन्। यस्तो बेलामा साझा मत खोज्नुपर्छ। प्रधानमन्त्रीले हाम्रा आग्रहलाई गम्भीरतापूर्वक लिएर यी समस्याको समाधान गर्नुपर्छ,’ शर्माले भने।

प्रतिक्रिया दिनुहोस्