Logo
Logo

म सक्रिय राजनीतिमा आइसके, पछि हट्ने कुरा हुँदैन : विद्यादेवी भण्डारी 


2.2k
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले आफू अब पछि नहट्ने दोहोर्‍याएकी छन् । 

The current image has no alternative text. The file name is: bidya-2.gif

मङ्गलवार भण्डारी निवास बुढानीलकण्ठस्थित भंगालमा पुगेका सञ्चारकर्मीसँग उनले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रस्ट पारेकी हुन् । उनले भनिनन् , म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन । अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन ।’

भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै एमालेको आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा अध्यक्षको दाबेदार रहेको भण्डारीले घोषणा गरेपछि एमालेभित्र मतभिन्तता देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओलीले भने भण्डारीलाई एमालेमा फर्किन नदिने बताइरहेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा समेत भण्डारीलाई रोक्ने बताएका थिए । ४ साउनमा भण्डारीसँग पार्टी कार्यालयमा भएको छलफलमा समेत सक्रिय राजनीतिमा नआउन ओलीले आग्रह गरेको केन्द्रीय सदस्यलाई सुनाएका थिए । ओलीले पार्टी विभाजन गर्न तत्त्वहरू सलबलाएको गम्भीर आरोप पनि लगाएका थिए ।

पार्टी विभाजन गर्ने तत्त्व सलबलाएको भन्दै ओलीले नेताहरूलाई एकताबद्ध हुन निर्देशन दिएका थिए । ओलीले यस्तो निर्देशन दिएको भोलिपल्ट भण्डारीले कडा अभिव्यक्ति दिएकी हुन् । 

प्रतिक्रिया दिनुहोस्