Logo
Logo

असारमा मात्र ३ हजार सवारी दुर्घटना, २ सय बढीको मृत्यु


315
Shares

काठमाडौँ । नेपाल प्रहरीका अनुसार असार महिनामा मात्र देशभर २ हजार ९२२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ४ हजार ४२८ सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार ती दुर्घटनामा परेर २ सय ३९ जनाको मृत्यु भएको छ भने ४ हजार ११६ जना घाइते भएका छन्। तीमध्ये गम्भीर घाइतेको सङ्ख्या ६२५ रहेको जनाइएको छ।

प्रहरीका अनुसार असार महिनामा सबैभन्दा धेरै दुर्घटनामा पर्ने सवारीसाधन मोटरसाइकल रहेको छ। दुर्घटना हुने दर साँझ ६ बजेदेखि राति १२ बजेसम्म बढी देखिएको छ। मुख्य दुर्घटनाको कारण तीव्र गतिमा सवारी चलाउनु रहेको प्रहरीले जनाएको छ। त्यसका साथै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभई सवारी चलाउने, बाटो काट्दा र ओभरटेक गर्दा सचेत नहुनुले पनि दुर्घटना बढाएको जनाइएको छ।

प्रहरीका अनुसार असारमा मात्र १ लाख ५२ हजार ४९८ जनालाई कारबाही गरी १२ करोड ८ लाख ४२ हजार ७३८ रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्