काठमाडौं । संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति पुगेको छ ।

मङ्गलवार बसेको सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उनको प्रस्तावलाई सभाले स्वीकृत गरेको छ । यो विधेयकमा १६ समूहमा ४३ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् ।














