Logo
Logo

देश बिग्रेको माओवादीले गर्दा हो : विप्लव


1.8k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको राजनीति अस्थिर र भ्रष्ट भएकोमा माओवादीको सबैभन्दा ठूलो हात रहेको बताएका छन् । पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले अरूलाई दोष दिएर उम्किन नसक्ने बताए ।

The current image has no alternative text. The file name is: biplap.gif

 उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्ट हुनुमा कम्युनिस्टहरूको दोष छ, विशेषगरी माओवादीको । मैले प्रचण्डलाई पनि भनेको छु-आजको भ्रष्ट र लथालिङ्ग अवस्थामा क्रान्तिकारीहरू अपमानित हुनुमा माओवादीको सबैभन्दा ठूलो दोष छ । अरूलाई दोष दिएर उम्किन सकिँदैन । २०५७ सालमा कम्युनहरू कहाँ गए रु बैङ्कको पैसा, अस्पताल कहाँ गए रु यो जनता वा कार्यकर्ताको कारणले होइन, नेतृत्वको कारणले हो ।’

विप्लवले केपी ओली कम्युनिस्ट भएर देश बिग्रिएको भन्ने प्रचार गलत भएको बताए । उनले कम्युनिस्टहरू धेरै भएर वा गरिबीमा मात्र बाँचेर देश बिग्रिएको भन्ने भाष्य पनि गलत रहेको दाबी गरे । साथै, उनले नेपालमा कम्युनिस्टहरूलाई सिध्याउने खेल भइरहेको आरोप लगाए ।

उनले पुष्पलाललाई अवसरवादीहरूले नेतृत्वबाट हटाएको बताउँदै नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न उनले अन्तिम समयसम्म प्रयास गरेको स्मरण गरे । तर, पुष्पलालले २००६ सालमा परिकल्पना गरेको नेपाल र अहिलेको अवस्था फरक रहेको भन्दै अब कस्तो नेपाल बनाउने भनेर गम्भीर भएर सोच्ने बेला आएको उनले बताए । दलाल पुँजीवादीहरू जनताले पाएको सानो अधिकार पनि स्वीकार गर्न तयार नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्