Logo
Logo

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध


189
Shares

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले पहिरो खसेपछि कालीगण्डकी करिडोरमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको जानकारी दिए । वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा पनि सडक अवरुद्ध भएको छ।

अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए। करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध छ।

प्रतिक्रिया दिनुहोस्