
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तय भएको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारका पछिल्ला काम कारबाही र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको जानकारी दिए ।
यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्रीमाथि काम गर्न नसकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीले विशेष सम्बोधन गरेपछि सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।














