
ताप्लेजुङ । बाढीले फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र ६ लेलेप जोड्ने बेलिब्रिज बगाएको छ ।
अविरल वर्षापछि ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको हो ।
हेल्लोक र सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ । उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको हो ।














