Logo
Logo

कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन् : लिङ्देन


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताए ।

उनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको जिकिर गरे । सार्वजनिक पदमा रहेका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

अध्यक्ष लिङ्देनले अहिले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको जिकिर गरे । भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारवाही गरेर मात्रै नहुने भन्दै उनले राजनीतिक तहमा नै छानविन हुनुपर्ने माग गरे ।

उनले सदनमा निरन्तर छानविन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अब सडकबाट दवाव दिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्