Logo
Logo

कांग्रेस नेता मोहनमाथि खनिए माधव सापकोटा


2.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाली काँग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई सरकारी कार्यक्रममा अतिथि बनाउनु जनविश्वासमाथि हमला भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्बनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गरे ।

गत बिहीवार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको तातोपानी नाकासम्बन्धी अन्तरसंवादमा बस्नेत प्रमुख अतिथि थिए । सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा खेपिरहेको निलम्बित सांसद सरकारी कार्यक्रममा सहभागी हुनु संसद् र जनमतको अपमान भएको टिप्पणी गरे ।​

सापकोटाले भने, ‘भ्रष्टाचारको मुद्दा लागेका र निलम्बनमा परेका व्यक्तिलाई सरकारी कार्यक्रममा प्रमुख अतिथिका बनाउनु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो । शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठूलो हमला हो। गृहमन्त्रालयको आधिकारिक धारणा के हो ?’

उनले विपद्जन्य घटना बढिरहेको उल्लेख गर्दै सडक यातायात खुलाउन तथा प्रभावितको जीवन रक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्