Logo
Logo

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय: शंकर पोखरेल


1.4k
Shares

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भएको बताएको छ।

पार्टीको तीन दिनसम्म जारी केन्द्रीय कमिटी बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यता नवीकरण स्वत: निष्क्रिय भएको जानकारी गराएका हुन्।

उनले पत्रकार सम्मेलनमा भने- ‘हामीले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेका छौं । यो निष्कर्ष निकालेपछि सदस्यताको विषय स्वत: निष्क्रिय भएको छ । सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं।’

सदस्यता एक वर्षअघि नै नवीकरण भए पनि छलफलमा नल्याइएको र भण्डारी आफैँले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको जानकारी पनि पत्रकारहरूमाझ पोखरेलले गराए।

पार्टीको केन्द्रीय कमिटी बैठकले मंगलबार राति पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन नहुने निर्णय गर्दै उनको सदस्यता नवीकरण स्वत: खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्