काठमाडौं । रुसी उद्धार सेवाहरुले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन् ।

आपतकालीन् अधिकारीले अंगारा एयरलाइन्सको एएन-२४ विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए । चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको विमान टिन्डा विमानस्थल नजिकै पुग्दा राडारबाट गायब भएको थियो ।
अमुर क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमानको खोजीका लागि आवश्यक सबै स्रोतसाधन परिचालन गरिएको बताए । उनले विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताए । रुसको आपत्कालीन मन्त्रालयले एउटा रुसी हेलिकप्टरले विमानको जलिरहेको भाग देखेको जनाएको छ ।










