Logo
Logo

कांग्रेस बैठक रुपन्देही-३ को उपनिर्वाचनबारे केन्द्रित, मन्त्री फेर्नेबारे भएन छलफल


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे छलफल भएको छ ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले उक्त जानकारी दिएका हुन् । बैठक निर्वाचन केन्द्रीत रहेपनि उम्मेद्वार को हुने भन्नेबारे भने कुनै छलफल नभएको उनले बताए ।

उनले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन । सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला । तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित छौं ।’

रुपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रिक्त स्थानमा पद पूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । बैठकमा बालकृष्ण खाण, शेखर कोइराला पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरू पनि सहभागी थिए । तर मन्त्री फेरबदलका विषयमा कुनै छलफल नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्