Logo
Logo

इरानको जेलबाट रिहा भएपछि नेपाल आइपुगे ५ नेपाली


693
Shares

काठमाडौं । इरानको जेलबाट रिहा भएका पाँच नेपाली काठमाडौं आइपुगेका छन् । इरानको जेलमा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको जानकारी दिएको छ । यद्यपी मन्त्रालयले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

मन्त्रालयका अनुसार यसअघि पनि इराजयल र इरानबीच द्वन्द्व हुँदा तीन चरणमा गरी ९ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्