Logo
Logo

मलाई कुनै पदको लालसा छैन : विद्या भण्डारी


1.2k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकाङ्क्षा र आशक्ति नभएको बताएकी छिन् । शुक्रवार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।

The current image has no alternative text. The file name is: bisya.gif

‘कुनै पदप्रति लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् । साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्