Logo
Logo

सिन्धुलीमा एकै परिवारका १६ जना गायब


4.3k
Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै गायब भएका छन् ।  गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए ।

The current image has no alternative text. The file name is: sindhuli.gif

सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको छ । घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ ।

हायुको घरमा सामान्य क्षति भएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैँसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि भेटिएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्