काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धन गर्न चाहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै उनले निजी क्षेत्रलाई आत्मविश्वासका साथ अघि बढ्न सरकारले समन्वय गर्ने आश्वासन दिए ।

मन्त्री पाण्डेले २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गरी ल्याइएको ‘पर्यटनीति २०८२’ मा नेपाललाई ‘अद्वितीय पर्यटकीय गन्तव्य’ का रूपमा स्थापित गर्ने उल्लेख गरे ।
उनले नेपाललाई सुरक्षित, भरपर्दो र दिगो गन्तव्य बनाउन यो नीतिले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने बताए । साथै, संस्कृति र हवाई नीतिसहित १३ वटा विधेयक मन्त्रालयमार्फत अघि बढेको जानकारी दिए ।














