Logo
Logo

हराएका १६ जनाको लोकेसन शुक्रवार राति रामेछाप देखियो


6.7k
Shares

काठमाडौं । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।

The current image has no alternative text. The file name is: locatin.jpg

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।

उनीहरूको मोबाइल ट्रेस गर्ने क्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको हो । बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रवार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको हो । 

बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशङ्काले प्रहरी घटनास्थलतर्फ गएको छ । तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरूको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने अनुमान गरिएको छ । बिशेषगरी हायू समुदायको बसोबास रहेको रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्