Logo
Logo

धरापमा प्रदेश प्रमुख


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ भदौ । नेकपा कार्यदलले दिएको सुझावमा पार्टीभित्रको गुटगत सन्तुलन मिलाउन र पार्टीलाई सुदृढीकरण गर्न प्रदेश सरकार प्रमुख र मन्त्रीहरु परिवर्तन गर्ने विषय पनि समेटिएको छ ।

उक्त प्रतिवेदन अनुसार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आ–आफ्नो जिम्मेवारीबाट फर्काइने सम्भावना बढी छ । त्यसैगरी गण्डकी प्रदेशका प्रमुख पृथ्वीसुब्बा गुरुङका विषयमा पनि स्थायी कमिटीमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेशमा सीमित हुँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली कमजोर बनेका छन् । त्यसैले महाधिवेशनको मिति तोकिनासाथ पोखरेलको भूमिका पनि परिवर्तन हुनसक्ने बताइन्छ । पोखरेल वैचारिक र बौद्धिक व्यक्तित्व भएकोले उनलाई ओलीले महाधिवेशन केन्द्रित भूमिका दिने सोच बनाएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्