Logo
Logo

नाइमा नेपाल मोबिलिटी एक्स्पो काठमाडौंमा सुरु


189
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित पुलिस क्लबबमा उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को उद्घाटन गरेका हुन् ।

साउन २५ गतेसम्म सञ्चालन हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारी साधनहरू लन्च हुने भएका छन् । कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताइन् ।

अध्यक्ष वैद्यले यो क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पु¥याएको बताइन् ।

उनले ५५ लाखभन्दा बढी सवारी दर्ता भएको यो क्षेत्रले बिक्री, मर्मत, लजिस्टिक र पूर्वाधारलगायतका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको बताइन् । मोबिलिटीले शिक्षा, स्वास्थ्य, पर्यटन र वित्तीय सेवामा पहुँच बढाएर हजारौँलाई अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्